महाअभियोग प्रस्तावले आज सदनमा प्रवेश पायो , पर्सी छलफल हुने

<span class='c1'>महाअभियोग प्रस्तावले आज सदनमा प्रवेश</span> <span class='c2'>पायो , पर्सी छलफल हुने</span>

काठमाडौँ, ७ कातिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले आज सदनमा प्रवेश पाएको छ ।
नेकपा माओवादीका महेन्द्रबहादुर शाहीसहित १५७सांसदले प्रमुख दर्ता गराएको महाभियोगको प्रस्तावमाथि सदनमा यही कात्तिक ९ गते छलफल हुने छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले कार्कीविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि यही कात्तिक ९ गते अपराह्न ३ बजे तोकिएको जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को १३८ को उपनियम नियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो । प्रमुख कार्कीलाई पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्