विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको दुईवटै उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ ।
विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो।
पुरुषतर्फ चिल्ड्रेन एकेडेमीले केके इन्टरनेशनललाई २१-११ को स्कोरले पराजित गर्यो। उक्त प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर चिल्ड्रेन एकेडेमीका प्रशान्त तामाङ्ग घोषित भए। त्यसैगरी महिलातर्फ चिल्ड्रेन एकेडेमीले सुरुमा ३-३ स्कोर बराबारी भएपछी ओभर टाइममा २-१ को स्कोरले होलील्याण्डलाई पराजित गर्यो। भने उक्त प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर चिल्ड्रेन एकेडेमीकी शान्ता लिम्बू घोषित भईन।
एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विर गणेशमान सिंह स्पोर्ट एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा विकेभीएम, सगरमाथा,अरनिको,पोखरीया स्कुल,विराटनगर बास्केटबल एकेडेमी,चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनलको सहभागीता रहेको आयोजकले जनाएको छ।
महिला र पुरुष टीमका विजेताहरुले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्रमाण पत्र,ट्रफीको प्राप्त गरेका छन् ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवाल,विर गणेशमान सिंह स्पोर्ट एकेडेमीका अध्यक्ष सुनिल श्रेष्ठ, एक्स्पर्ट एजुकेशनका अनुभव दाहाल,बेन्च मार्क एकेडेमीकी प्रिया सारडा, सेन्जेभियर्स ईन्स्टिच्युटका एकलव्य यादवले पुरस्कार वितरण गरेका थिए।