निर्यात व्यवसायीहरुको अनुदान रकम भुक्तानीको माग

<span class='c1'>निर्यात व्यवसायीहरुको अनुदान</span> <span class='c2'>रकम भुक्तानीको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम भुक्तानी लागि माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेका अनुदान रकम प्रदान गर्नका लागि माग गरे ।

उनले भने, ‘व्यापार घाटा हुँदै गर्दा आयातलाई प्रतिस्थापन गर्नकालागि निर्यात बढाउनुको विकल्प छैन् । तर सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम प्राप्त गर्न नसक्दा व्यवसायीहरुलगुनासो गरेका छन् । त्यसैले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेको अनुदान रकम दिन आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्