विराटनगरको एम्स कलेजमा राज्यभोज कार्यक्रम

<span class='c1'>विराटनगरको एम्स कलेजमा</span> <span class='c2'>राज्यभोज कार्यक्रम</span>

विराटनगर । होटल म्यानेजमेन्ट स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल विराटनगर ९ मा रहेको एम्स (AIMS) कलेजले राज्यभोज कार्यक्रमको आयोजना गरेको छ।

एम्स कलेजमा बीएचएम चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले कलेजमा सिकेको कुरालाई व्यवहारमा उतार्दै राज्यभोज कार्यक्रमको आयोजना गरेको हो ।

कोशी प्रदेशमा बीएचएम मा उत्कृष्ट नतिजा ल्याउन सफल भए कलेजले आगामी दिनमा समय सापेक्ष ढङ्‌गबाट गुणस्तरीय शिक्षा दिनलाई प्रतिवद्ध रहेकाले अभिभावक र विद्यार्थीलाई ढुक्क भई एम्स कलेजमा भर्ना हुन सहायक क्याम्पस प्रमुख इन्दु घिमिरेले अनुरोध गरिन् ।

कार्यक्रममा कलेजका अध्यक्ष तुलसी प्रसाद पोखरेल, क्याम्पस प्रमुख सशांक पोखरेल, अभिभावक, सञ्चारकर्मी लगायत विराटनगरका +२ मा होटल म्यानेजमेन्ट संचालन गरेका कलेजका संचालक तथा कार्यक्रम संयोजकले विद्यार्थीहरुले पकाएको नेपाली खानेकुरा स्वाद लिदै अवलोकन गरि विद्यार्थीलाई हौसला प्रदान गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले बीएचएम पढ्दाको अनुभव,सांस्कृतिक झल्कने नृत्य आदि प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्