गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
कसैले खास मनका बात मनमा छन् लुकाएका
सधैँ देखेँ बदनको प्यास आँखाले बुझाएका

चढाए फूल ढुङ्गामा सबैले देवता ठान्दै
कहीँ कसले देखेकाछौं कुनै मूर्ति रसाएका

जो होला भाग्यमा जसको उही लेख्छन् विधाताले
त्यसैकारण सबै आफ्ना हुँदैनन् मन पराएका

हजारौँ स्वप्नका ढल्छन् उसैका हर महल जहिल्यै
हमेशा बालुवामा घर थिए जसले बनाएका

हुनेछन् एक दिन मान्छे तिनै बिस्फोट बम जस्तै
युगौँदेखि स्वयम् दिलमा रहरलाई दबाएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्