-राजन प्रसाद न्यौपाने "श्रीयम"
म मन्दिर जान्छु
मस्जिद हेर्छु
गुरुद्वार पुग्छु
विहार, चैत्य र गुम्बा घुम्छु
बेद उपनिषद पढ्छु
वैदिक साहित्य अध्ययन गर्छु
ॐकार उच्चारण गर्छु
टिका लगाउँछु
खादा माला पहिरिन्छु
तेत्तिस कोटी देवी देवता
पूजा गर्छु
गायत्री मन्त्र जप्छु
बुद्धको जन्मस्थल
लुम्बिनीमा तीर्थ जान्छु
जैन, शिख, इस्लाम
सबैलाई सम्मान गर्छु
चर्च जान्छु
वाइवल पढ्छु
हो प्रिय !
मानवियताको कदर गर्ने सबै सबैलाई
म माया गर्छु
आस्थाले पूजा गर्छु
जसरी तिमीलाई गरिरहेछु
विगत देखि अहिलेसम्म ।
देवताका स्तुतिपरक मन्त्रका
त्रध्चाहरू थाहा पाउन
वेद पढेको छु
वेदका चार प्रकारमा
त्रग्वेद सबै भन्दा ठूलो भन्ने
थाहा पाएको छु
हो प्रिय !
मैले यर्जुवेदको अर्थ पनि बुझेको छु
पूजा गर्नु
यज्ञ गर्नु
जप गर्नु, तप गर्नु भनेर
कर्मकान्ड सिकाउने धर्म ग्रन्थ
पनि पढेको छु ।
गायन र वाधवादन सिकाउने
गीत र लयात्मक मन्त्रको सङ्कलन गराउने
सामवेद पनि चिनेको छु
हो प्रिय !
ऋृषिहरुलाई पढाइएको
उपदेश दिइएको
प्रयोग विज्ञान भने पनि
मारण, संमोहन, उच्चाटन
सिकाउने ग्रन्थ भने पनि
औषधी विज्ञान
आर्यूवेद या धनुर्विज्ञान जे बुझे पनि
युद्धकला
तन्त्रमन्त्र, टुनामुना
जादु, वशिकरण भनेर प्रयोग गरे पनि
वेदको चौथो प्रकार
अथर्ववेद पनि बुझेकै छु
तिमीले बुझ्ने भाषामा भन्नुपर्दा
सनातन धर्म
आर्य संस्कृति
र आधारभूत धर्म ग्रन्थ वेद पनि पढ्कै छु
थाहा छ प्रिय !
सबै धर्मका सबै ग्रन्थ उत्तम होलान्
त्यसमा पनि,
वेद अपार छ
वेद स्वम ईश्वरको रुप हो
भन्छ पूवीर्य दर्शन
साच्चै प्रिय !
वेद त ईश्वर प्रदत्त स्वयम्भू हो
अनाडी हो
वैदिक धर्मको सत्य सन्देश हो
वेदमा समतामूलक समाजको कल्पना
समयभावको संदेश र
प्राणी मात्रको कल्याण सुत्र हुँदो रहेछ
प्रिय !
त्यसैले वेद अपार रहेछ
उत्पति स्थानमा फरक होला
सारमा,
वेद वैदिक साहित्य नै रहेछ
पुरानो, जेठो र संहितावद्ध रचनाहरुको
संगालो रहेछ
बेद वास्तवमा,
ईश्वरको सत्य वचन रहेछ
जसरी ईश्वरको दृष्टिमा
ठूलो सानो
उचो निचो हुदैन
त्यसगरी वेदले, समानभाव र सत्मार्ग सिकाउँदो रहेछ ।
हो प्रिय !
मैले दुई चार महिना
अध्ययन गरेर धेरै थाहा पाए
संसार बुझे झै गरेँ
टाढा टाढाका संरचनालाई
अन्तरदृष्टिले हेरेँ
हृदयमा संगाले
सबै सबैलाई
भावार्थ अनुसार राम्ररी बुझें
तर,
अचम्म प्रिय !
मैले तिम्रो भावार्थ कहिल्यै बुझ्न सकिन
तिमी संगको पुरानो समिप्यता
कहिल्यै नविरकरण गर्न सकिन
तिमी सागर हौ थाहा थियो
तर गहिरो रहिछौ बुझ्न सकिन
हो प्रिय !
तिमी समग्रमा
साच्चैकी नारी हृदयकी
पवित्र प्रतिनिधि रहिछौ
वेद जति अध्ययन गरेर पनि
बुझ्न सकिन
तिम्रो र तिमीसँगको हर विषयको
गहिराई कति छ भनेर
जति भित्र पसे पनि ।