चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

- अनिता भण्डारी
काहीँ आगो भेटिन्छ कहीँ कतै पानी भेटिन्छ
जिन्दगीमा सुख दु:ख जानी नजानी भेटिन्छ

धैर्य गर्नुपर्छ आउँछ पालो सबैको एकदिन
त्यो कालो रात पछि सुन्दर बिहानी भेटिन्छ

होस गरी हिँड्नपर्छ यहाँ हर कदम कदममा
पछाडि बाट खुट्टा तान्ने धेरै बेइमानी भेटिन्छ

एक आमाको सन्तान हो भन्दैमा कहाँ हुन्छ
कसैको असल कसैको खराब बानी भेटिन्छ

स्वार्थी बन्न ठूलो हुन मलाई कहिल्यै आएन नि
उत्खनन गर्नुहोस् दिलमा मायाको खानी भेटिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्