युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को सहमति

<span class='c1'>युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर</span> <span class='c2'>ऋण दिने जी–७ को सहमति</span>

काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ ।

सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबाट हामीहरु पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका छन् । यता रुसले भने यो ऋण सम्झौताको नतिजा धेरै पीडादायी हुने उल्लेख गरेको छ । सम्मेलनका क्रममा बाइडेन र युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा उनीहरुले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

जी–७ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्