विराटनगर । मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहिबार दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल