दोमाना जान ‘नो मन’

<span class='c1'>दोमाना जान</span> <span class='c2'>‘नो मन’</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित फर्सडाँगी चोकदेखि दोमाना जाने सडक मर्मत नहुँदा बजार भर्न आउने जाने सेवाग्राहीका लागि समस्या परेको छ । फर्सडाँगी देखि दोमानासम्म ३ किलोमिटर सडक रहेतापनि समयमै मर्मत नुहँदा दोमाना बजार जानेहरुले मन गर्न छोडेका हुन् ।

बाटोमा खाल्डाखुल्डी धेरै छन् । खाल्डाखुल्डीमा पानी परेर पोखरी जस्तै भएको छ । कच्ची सडकमा हिलो उठेपछि रोपाँई गर्ने खेत जस्तै बनेको छ । आइतबार र बिहीबार दोमाना बजार किनमेल गर्नेजाने र व्यपार गर्ने जानेहरु सडकका कारण साह्रै सास्ती बेहोर्नु परेको गुनासो गर्दछन् ।

व्यापारीहरुले प्रत्येक साताको दुईदिन मोटरसाईकल र साना गाडीहरुमा सामान लिएर जाँदा समेत गाडि पल्टने र फस्ने डर हुने व्यापारी डम्बर बहादुर सुब्बाले बताए । सडकको अवस्थाले आउजाउ गर्न मुस्किल परेको सुब्बाको भनाई छ । सडकको अवस्था सुधार नगरे तीन किलोमिटर दुरीकै कारण मध्ये वर्षात्को समयमा आउजाउ ठप्प हुने व्यापारीहरुको भनाई छ ।

तत्काल खाल्डा पुरेर व्यापारी तथा उपभोक्ताहरुका लागि सहज बनाई दिए मात्रै केहि राहत मिल्ने उनीहरु बताउँछन् । स्थानीय सरकार रंगेली नगरपालिकाले समेत खासै चासो नदिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्