दक्षिणी गाजामा भएको विष्फोटमा आठ इजरायली सैनिकको मृ*त्यु

<span class='c1'>दक्षिणी गाजामा भएको विष्फोटमा</span> <span class='c2'>आठ इजरायली सैनिकको मृ*त्यु</span>

काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको विस्फोटमा आठ जना इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो । जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिक मारिएपछि यति ठूलो संख्यामा सैनिक मारिएको यो पहिलो पटक हो । स्थानीय समय अनुसार शनिबार बिहान सवा ५ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रफाहको ताल अल सुल्तान क्षेत्रको उत्तरपश्चिमी क्षेत्रमा हमासका आतंकवादी अड्डाहरू ध्वस्त पार्न निस्किएको इजरायली सेनाको टोली झण्डै ५० आतङ्ककारीलाई मारेर फर्किरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्