मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

<span class='c1'>मोरङ र सुनसरीबाट लागुऔषधसहित</span> <span class='c2'>५ जना पक्राउ</span>

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका मोरङको रंगेली नगरपालिका- ४ स्थित लागुऔषधको बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय भुवनेश्वर प्रसाद साह र रंगेली-९ का २५ वर्षीय सागर यादवको साथबाट ३१ ग्राम ४९ मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ का २७ वर्षीय मनोज साह र बराहक्षेत्र- ६ का २५ वर्षीय मोहन साहलाई डिकोलिक र ट्रमाडोल गरी २९२ ट्याब्लेट नियन्त्रित औषधीसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले र अस्थाई प्रहरी पोष्ट पत्रंबारीबाट खटिएको प्रहरी टोलीले धरान १९ का ३२ वर्षीय सुमन रायमाझीलाई २५० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्