काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ।
१९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जैसवालले ती युवतीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।