माओवादी कार्यालयमा धर्नामा बसेका बहिर्गमित पूर्व लडाकुहरु पक्राउ

<span class='c1'>माओवादी कार्यालयमा धर्नामा बसेका</span> <span class='c2'>बहिर्गमित पूर्व लडाकुहरु पक्राउ</span>

नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा धर्नामा बसेका बहिर्गमित पूर्व लडाकुहरु पक्राउ परेका छन् । आफ्ना बालबच्चासहित हिजो अपरान्हदेखि कार्यालयमै बसेका उनीहरुलाई प्रहरीले आज बिहान पक्रेको हो ।बहिर्गमित लडाकुहरु आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकु, त्यही सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने लगायतका माग राखी पार्टी कार्यालय घेराउ गर्न पुगेका हुन् । उनीहरुले झुटा मुद्दा लगाएर जेलमा राखेका बहिर्गमित लडाकुलाई बिना शर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार तथा आजीवन भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।
आफ्ना मागबारे सुनुवाई गर्न पार्टी नेतृत्वले कुनै पहल नगरेका कारण कार्यालय कब्जा गर्नु परेको उनीहरुको भनाई छ । सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ४ हजार ८ जना बाल सेनालाई अयोग्य भन्दै शिविरबाट निष्काशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्