नेपालमा ‘प्राइड मन्थ’ मनाउने विषय विवादमा

<span class='c1'>नेपालमा ‘प्राइड मन्थ’</span> <span class='c2'>मनाउने विषय विवादमा</span>

काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्यो । समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो ।

प्रहरीले करिब दुईसय जना मानिसलाई सडकमा निकालेर कुटेको थियो । त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे। उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो । त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले ।

त्यसपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भए र जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउन थालियो । अमेरिका, युरोपले मनाएपछि उनीहरूकै सिको गरेर अहिले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउने चलन अरू विभिन्न देशमा पुगेको छ।
पछिल्ला केही वर्षदेखि नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पनि अङ्ग्रेजी ‘जुन’ महिनालाई सप्तरङ्गी महिनाको रूपमा मनाउँदै आएका छन् ।समुदायले नेपालमा प्राइड मन्थका रूपमा मनाउन थालेको भने धेरै भएको छैन ।
जुन महिनाभरि युरोप र अमेरिकामा असाध्यै राम्रो मौसम हुनुका साथै घाम लाग्ने, लामो दिन फूलैफूल फूलेका हुन्छन् । त्यसैले उनीहरूले विभिन्न झाँकी देखाउने, कार्यक्रमहरू गर्छन् ।

नेपालको मौसम भने ठिक विपरीत छ। अष्ट्रेलियामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पर्व भनेर फेब्रुअरी महिनामा मनाउँछन् । साउथ अफ्रिका, ब्राजिल, न्युजिल्याण्डमा उनीहरूको देशको मौसम अनुसार मनाउछन् । भारतको दिल्लीमा प्राइड मन्थ भनेर नोभेम्बरमा मनाउँछन् ।
तर नेपालमा भने आफ्नो देशको संघर्ष केही नभए जस्तो अरू देशको देखासिकी गरेर टन्टलापुर घाममा प्राइड मन्थ मनाउने गरिएको गुनासो आउने गरेको छ । डिसेम्बर २१ (पुस ६ गते) सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको मुद्दामा सर्वोच्च अदालतले पहिलोचोटी प्राकृतिक रूपमै महिला र पुरुष भन्दा अलग पहिचान छ भनेर आदेश दिएको दिन छ। सन् २००१ अगाडी नै दरवारमार्गको सडकमा निस्कँदा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जस्ता कहालीलाग्दो घटना नेपालमा धेरै छन् । तर जुन महिनामा जतिले कार्यक्रमहरू गरिरहेका छन्, उनीहरूले बुझेर भन्दा पनि देखासिकी गरिरहेको गुनासो गर्ने गरेका छन् । यहीकै मौलिकता र मौसमलाई मिलाएर वा यही समुदायका मुद्दालाई लिएर गर्न सकिनेतर्फ अहिलेसम्म कसैले ध्यान नदिएको अभियन्ताहरु बताउने गर्छन ।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संस्थागत रूपमा आएको नै दुई दशकभन्दा लामो समय भइसकेको छ। तर, यो अवधिमा नेपालमा पनि आफ्नै मौलिकतालाई झल्काउने एउटा महिना तय गरेर मनाउने पहल समेत नभएको अभियन्ताहरुको गुनासो छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिलो संस्था नील हिरा समाजले सर्वोच्च अदालतले दिएको ऐतिहासिक आदेशलाई विर्सिएको आरोप लाग्ने गरेको छ । नेपालमा पहिलो पटक इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालले यो वर्षदेखि अक्टोबर महिनालाई प्राइड मन्थको रूपमा मनाउने घोषणा गरेको छ। वार्षिक क्यालेन्डर नै सार्वजनिक गरेको मायाको पहिचान नेपालले दसैंको कोजाग्रत पूणर्िमादेखि दीपावलीसम्म गर्वको पर्व मनाउन लागेको जानकारी दिएको छ।

नेपालमा कानुनी रूपमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान स्थापित भइसकेको छ। असार १५ गते मायाको पहिचान नेपालसहितका संस्थाले इन्द्रेणी रोपाई जात्रा मनाउँदै छन। नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसंख्यकहरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन् ।
एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ। यसै महिना विश्वका विभिन्न देशहरूमा ‘प्राइड परेड’हरू पनि हुने गर्छन् । तर नेपालमा मनाइँदै आएको प्राइड मन्थका विषयमा विवाद सुरु भएको हो ।
नेपालमा वर्गीय समस्या देखिएको, ट्रान्स म्यान, ट्रान्स वीमेन, क्वीयर भन्ने शब्द ग्रामीण भेगका वर्गले नबुझ्ने गरेको अझ संवैधानिक रूपमा पाएको अन्य लैङ्गिक पहिचानलाई भन्दा पश्चिमा देशको जस्तो पुरुष जन्मेकालाई महिलाको र महिला जन्मेकालाई पुरुषको नागरिकता माग्ने अभियान स्वार्थ समूहले चलाइरहेको केही अभियन्ताको भनाइ छ ।

नर्वेजियन दूतावासको फन्डमा कक्षा ७ को पाठ्यक्रममा नै पश्चिमा भाषा राख्न स्वार्थ समूह सफल भएकाले चौतर्फी विरोध भइरहेको बताइन्छ । यता, महिला र पुरुषभन्दा फरक भनेको पारलैङ्गिक भनेर जबरजस्ती स्थापित गराउने प्रयास भएकोमा समलिङ्गी तेस्रोलिङ्गीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्