नोवेल साकोसको कार्यक्रममा तीन दर्जन स्रष्टाका सिर्जना वाचन

<span class='c1'>नोवेल साकोसको कार्यक्रममा तीन</span> <span class='c2'>दर्जन स्रष्टाका सिर्जना वाचन</span>

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्य संस्थाले मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गर्छन् । विराटनगरस्थित दाहाल प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा साहित्यकार मधु पोखरेल, हरि कट्टे,ल भरत गुरागाईं, मीनकुमार नवोदित, रामबाबु दाहाल, उमेश लुइँटेल, विनोद विवश, कुमार श्रेष्ठ, स्वयम्भूनाथ कार्की, शरद प्रधानाङ्ग, किस्मत खतिवडा, सुजाता राई, रेनुका राई, नेत्र खतिवडा, टंक राजवंशी, शुभकुमारी राई, नानु दाहाल, जमुना पौड्याल, पवित्रा पोखरेल, प्रेमप्रसाद रिजाल, निमेष पोखरेललगायतल तीन दर्जनभन्दा बढी स्रष्टाहरुले सिर्जना प्रस्तुत गरेका थिए । साहित्यकार रामबाबु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लघुकथाकार केशव रिजाललाई सम्मान गरिएको थियो ।

स्थापितदेखि नवोदित स्रष्टाहरुलाई मञ्च प्रदान गर्न नोवेल साकोस साहित्यिक संस्थाले मासिक कार्यक्रम आयोजना गर्ने गरेको अध्यक्ष मञ्जु घिमिरे दाहालले बताइन् । साकोसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । विराटनगर शाखाले नियमित मासिक साहित्यिक कार्यक्रमसँगै स्रष्टा सम्मानलगायतका कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्