मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-पारस भट्ट प्यासी
मुक्तक १
मान्छेको मन हो केही पनि गर्न सक्छ
मान्छेकै हातबाट यहाँ मान्छे मर्न सक्छ
भाइ बन्धुमा यसैगरी रिस बढ्दै गयो भने,
एकदिन हाम्रो गाउँ दुर्घटनामा पर्न सक्छ!

मुक्तक २
आपस आपस् मै लडेर ,भिरेर के फाइदा?
मरेर जाने चोला हो रिस राखेर के फाइदा ?
सबैसँग मीठो बोलौँ आत्मीयता बढ्छ,
एक अर्काको खैरो खनेर के फाइदा ?

मुक्तक ३
बाँडिचुडी खाउँ मरेर के लाने हो कसैले पनि
आँखिर आफ्नो मेहेनतको खाने हो कसैले पनि
धेरै आपलोभ पनि के गर्नु यहाँ अमर रहन्न कोहि ,
एकदीन अबश्य संसार छोडी जाने हो कसैले पनि !

मुक्तक ४
मैले जानेको म सिकाउछु तपाइले जानेको तपाई
मीठो बोलौँ गाली गर्नु राम्रो हौइन कसैले कसैलाई
अरुको लागि सधैंभरी नराम्रो मात्रै सोच्ने मान्छेले,
पुर्खाहरु भन्छन् सास जान्छ मर्नेबेला पानी नपाई!

सुदुरपश्चिम,बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्