चारू

<span class='c1'>चारू</span> <span class='c2'></span>

-अरुण खड्का
बोल्दा मैले हुन्छन् फजुलका कुरा,
बोलिरहन्छ्यौ खाली आफू बेसुरा।

पूरा गर्नै दिन्नौ रोक्छ्यौ बिचमा नै,
प्रेमालाप मिठा पारेर अधुरा।

जान्ने बुझ्ने सबै आफूनै तिमीछ्यौ,
तिम्रा छेउमा सबै हुन्छन् बबुरा।

महान हूँ भन्ने अहम् छ तिमीमा,
तिमी सिङ्गो गजल अरू अपूरा।

बोलेर धावा अरूका बिचारमा,
चलाउँछ्यौ तिखा वचनका छुरा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्