व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि एपीएफ र सुदूरपश्चिमले जित्यो

<span class='c1'>व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि</span> <span class='c2'>एपीएफ र सुदूरपश्चिमले जित्यो</span>

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित ग¥यो ।
गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो ।

महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२–८ ले पन्छ्याउदै तेश्रो बन्यो ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्