विदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्न पाउनुपर्ने विवेकशील नेपाली दलक‍ो माग

<span class='c1'>विदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्न</span> <span class='c2'>पाउनुपर्ने विवेकशील नेपाली दलक‍ो माग</span>

काठमाडौ कार्तिक ३० ,  विदेशमा रहेका नेपाली नागरिकहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चित गराउन पहल गर्न निर्वाचन आयोगमा विवेकशील नेपाली दलले ज्ञापनपत्र बुझाएको छ।
आज विवेकशील नेपाली दलले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई भेटेर विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आग्रह गर्दै पत्र बुझाएको हो ।

वर्तमान अवस्थामा दशौँ लाख नेपाली मतदाताहरु विभिन्न बाध्यताका कारण विदेशिनु परेको अवस्थामा  नेपालको राष्ट्रिय अर्थतन्त्रमा विदेशमा रहेका नेपालीहरुको निकै महत्वपूर्ण देन रहिआएको तर मतदान गर्ने अधिकारबाट वन्चित गराई नेपालको राजनीतिबाट उहाँहरुलाई सदैव विमुख गरिएकोले विदेशी भूमिमा परिवार, समाज र देशको लागि अहोरात्र खटिरहेका ती लाखौं नेपाली नागरिकहरुलाई आफ्नो देशको भविष्य कोर्ने निर्वाचनहरुमा मतदानको नैसर्गिक अधिकारको प्रयोग गर्न दिनुपर्छ भन्ने विवेकशील नेपाली दलको स्पष्ट धारणा रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्