युरो कप २०२४ को उपाधि स्पेनलाई

<span class='c1'>युरो कप २०२४</span> <span class='c2'>को उपाधि स्पेनलाई</span>

काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

फाइनल खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी सकाएका थियो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए । तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन । ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए । तर, स्पेनले ८६औं मिनेटमा २–१ को अग्रता बनायो । काइल वाकरलाई बिट गर्दै मार्क कुकुरेलाले दिएको पासमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलउँदै उपाधि रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।

उता, इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्