यस्तै हो त?

<span class='c1'>यस्तै हो</span> <span class='c2'>त?</span>

-मञ्जु घिमिरे दाहाल
यात्रा हो जीवन
सधैं सहज कहाँ हुन्छ र
हिड्नपर्छ उकालो ओरालो
सहनुपर्छ असिनापानी
कति खोंच र गल्छि
छिचोल्न पर्छ

कहिलेकाही
यात्रामा ठेस लाग्छ
सहनु पर्छ
अवजस खेप्नु पर्छ
टाउको माथि संकट आइलाग्छ
ढुङ्गा बज्रन्छन
मन मुटुमा आँधी हुरी चल्छ
जिउनेक्रममा
चक्रवात चुलिन्छ
तैपनि अनवरत हिडिरहनुपर्छ
यात्र पूरा गर्न त
सबैसंग लड्नु पर्छ
धैर्यताले
पन्छाउनु पर्छ काँडाहरु
हिड्ने बाटोबाट
तर्नुपर्छ कयौं जंघारहरु
होस पुर्याउनु पर्छ
यात्रा सहज बनाउन
धैर्यता हुनु पर्छ यात्रा पूर्ण गराउन
लाग्छ यात्रा भनेकै सहनु हो
कठिन पहाडसंग ठोकिनु हो
सहनु ,दुख्नु र हिम्मत लिनु हो
बेहिसाब हिडिरहनु हो
जीवन भनेको यात्रा हो
गन्तव्य नपिगुन्जेल
समय पुरा नहुन्जेल।

विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्