मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

- कमलराज बिष्ट मगर
१ मुक्तक
बोल्नै चाहन्नौं त अचेल कति सम्म टिक्छ।
तिम्रो झुटो प्रेमको खेल कति सम्म टिक्छ।
माया गरे झैं नाटक वाह! क्या गर्यो तिमीले
हेर्छु म बर्खाको त्यो भेल कति सम्म टिक्छ।

२ मुक्तक
तब सम्म एउटै दिन रात हुन सक्छ।
जब सम्म यौवनको मात हुन सक्छ।
म त चुँडिएको चप्पल हुँ फालिदेऊ ,
सफर लामो छ कतै घात हुन सक्छ।

३ मुक्तक
गर्दै होलीन् मेलापात कसरी कटाउँछिन् होला।
छोरो सम्झेर हरेक रात कसरी कटाउँछिन् होला।
गाउँमा भत्किएको झुपडी अनि चुहिने छाना छ
आमा यसपालीको बर्षात कसरी कटाउँछिन् होला।

४ मुक्तक
गाउँमा गर्दैछन रे गनथन कुरा काट्नेहरू।
थपिँदैछन् हो झन्- झन कुरा काट्नेहरू।
म अझैं केही नयाँ गरेर देखाउँछु महासय
कम्सेकम जागिरे त बन्छन् कुरा काट्नेहरु।

(पश्चिम)रुकुम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्