खेलकुद महासंघ विराटनगर कमिटीको प्रथम अधिवेशन सम्पन्न

<span class='c1'>खेलकुद महासंघ विराटनगर कमिटीको</span> <span class='c2'>प्रथम अधिवेशन सम्पन्न</span>

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।

त्यसैगरी उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित भएका छन् ।

महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपाली खेलकुदलाई राष्ट्रको विकाससँग जोड्दै खेलकुद क्षेत्रको संरक्षण गरेमा क्षेत्रले प्रयाप्त रोजगारीको अवसर सिर्जना गर्ने बताए।

बस्नेतले महासंघ ‘ एक कमिटी एक खेल गतिविधी, ‘एक कमिटी एक रचानात्मक काम ‘लगायत योजना साथ अघि बढेको बताउँदै महासंघले खेल क्षेत्रको विकास साथै समाजमा नेतृत्व विकास तथा व्यक्तित्व विकासमा समेत लागुपर्ने धारणा व्यक्त गरे । बस्नेतले खेलाडी , प्रशिक्षकलाई आर्थिक विकासमा अवसर सिर्जना गर्नेसँगै महासंघमा आवद्ध खेलकर्मीहरूलाई प्राकृतिक विपद्को समयमा खट्न जिम्मेवारी समेत दिनुपर्ने माग सरकारसँग राखेको बताए।

महासंघको प्रथम विराटनगर महानगरपलिका कमिटी अधिवेशनमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जीवन घिमिरे , एमाले जिल्ला अध्यक्ष बाबुराम कार्की , जिल्ला सचिव रविन थापा लगायत पार्टीका नेता तथा महासंघका केन्द्रीय नेताहरूले शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्