काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ।
बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।