माओवादी अध्यक्षको ब्रिफिङ : सरकारबाट बाहिरिएर जनतामा जाने ऐतिहासिक अवसर मिल्यो

<span class='c1'>माओवादी अध्यक्षको ब्रिफिङ : सरकारबाट बाहिरिएर</span> <span class='c2'>जनतामा जाने ऐतिहासिक अवसर मिल्यो</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समिरकण परिवर्तन गरेर जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदा लिदै सरकारबाट बाहिरिनु परेको कारण जनतासँगको टुटेको कडीलाई सुदृढ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

उनले भने, ‘अध्यक्षले अहिलेको वर्तमान परिस्थितिको बारेमा सविस्तार चर्चा गर्नुभयो । उहाँले दिशा निर्देश पनि गर्नुभयो । हामी सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौं त्यो पहलकदमी लिँदा लिँदै समिकरण परिवर्तन गरियो । यसले हामीलाई फेरी ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने, हाम्रो कही न कहीँ जनतासँगको कडी टुटेको थियो। त्यसलाई सुदृढ गर्ने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्