मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-दिपेन्द्र आचार्य "सुमी"
मुक्तक १
हरियो खाएर रातो थुक्ने पान कस्तो
देश लुटेर मन्दिरमा गरिने दान कस्तो
मान्छे मात्रै भएर के हुन्छ गुण नभए
सबैलाई ठगेर कमाएको इमान कस्तो?

मुक्तक २
गुलाफको बोटमा फूलसङ्गै काँडा पनि फुलेको हुन्छ
सङ्लो देखिने पानीमा अनेक थोक घुलेको हुन्छ
एउटै आकाशमा बाच्ने गर्दछ अन्धकार र ताराहरु
जिवन यात्रामा सफलतासङ्गै संघर्ष डुलेको हुन्छ।।

मुक्तक ३
मेरै आकाशको उज्यालो जून हौ तिमी
जीवनलाई सुन्दर बनाउने सुन हौ तिमी
अस्तित्वहीन बन्छु तिम्रो अभावमा सधैं
आमा! जीवनको स्वादिलो नून हौ तिमी।।

मुक्तक ४
पशुपतिनाथ कुल मेरो
लाली गुरास फूल मेरो
रोम रोममा नेपालीपन छ
नेपाल आमा मुल मेरो।।

पशुपति नगर,सुर्योदय नगरपालिका-२ इलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्