गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सरोज तिम्सिना
साथ मै रहने कबुल नभएको होइन
फेरि एक्लै हिडडुल नभएको होइन

तिमी नै दिलमा बस्यौ र पो 'चमेली'
बगैँचामा अरू फूल नभएको होइन

समयमै पत्थर बनेकाले बाँचेको हुँ
उसको याद त्रिशूल नभएको होइन

म नजोडिएको भा टुक्रिन पर्दैन थ्यो
म बाट पनि त भुल नभएको होइन

स्वतन्त्र नै छाड्न चाहान्थेँ तिमीलाई
मेरो ढोकामा चुकुल नभएको होइन

इलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्