गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- सृष्टि सावित्रा
एकपटक बिग्रिए अर्को घर हुन सक्दैन
यो बाध्यता हुनुसक्छ रहर हुन सक्दैन

हजारौँ सँग प्रेम गर्ने तिम्रो चाहना होला
याद राख!पहिलो जस्तै अमर हुन सक्दैन

तँ पत्थरलाई पुजा गर्छस् बाआमा बिर्सिएर
बाबु यो आमाको मन हो पत्थर हुन सक्दैन

बरू काँडा भन मलाई हाँसेर स्विकारिदिन्छु
कहिल्यै यो दिल धारिलो खन्जर हुन सक्दैन

तिम्रो अन्तिम बिदाईमा उपहार दिएको छु
सम्झिनु अब मिलन जीवनभर हुन सक्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्