काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।