नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

<span class='c1'>नेपाललाई १३ स्वर्ण र</span> <span class='c2'>९ रजत पदक</span>

काठमाडौं । छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई बाधाई दिँदै धमलाले खेलाडीहरुको उच्च प्रर्दशनले नेपाली शान बढेको बताए । विभिन्न विधामा खेलाडीहरु अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । यस्तै सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १/१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढूंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्