काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।