काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा बेलायती पाउण्ड र युरोको विनिमय दर घटेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।