काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।
यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो ।