-अस्मिता साह
एक्लोपन,मजबूरी अनि
आफ्न्त बिचको दुरी
मस्तिष्कमा चलिरहेको हजार सवाल
अनि दुखिरहेको मनको हाल
रसाइरहेको आँखा,
फुलिरहेको स्वास
काँपिरहेको हात, अनि
बारम्बार मनमा लागिरहेको घात
पोख्न नसकिने पिर,
टुट्ने लागेको सहने धिर
रूद्नका सुस्केरा,अनि
रातभरिको ऐठन र अनिद्रा
यस्तै चलिरहेको छ जिन्दगी
अल्झिरहेको मन,बल्झिरहेको घाउ
मृत्युसँगको संर्घष,अनि
बाँच्न लागि गरिरहेको प्रयास