देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न सकिएन : पूर्वमन्त्री शर्मा

<span class='c1'>देश सुहाउँदो शिक्षा नीति निर्माण</span> <span class='c2'>गर्न सकिएन : पूर्वमन्त्री शर्मा</span>

काठमाडौं । नेकपा माओवादीका सचिव एवं पूर्वशिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । उनले भने ‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण नीतिले गर्छ । यदि शिक्षा नीति नै गलत छ वा सही शिक्षा नीति छैन भने परिणाम राम्रो आउँदैन । आज हामी चुकेको कारण आफ्नो राष्ट्रिय शिक्षा नीति नभएर हो ।’

आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले त्यो राजनीतिक परिस्थितिका कारणले सफल नभएको बताए ।
उनले भने, ‘नीतिगत रुपमा नेपालको माटो, भूगोल, इतिहास, नेपालको संस्कृति, संस्कार र नेपालमै बस्नुपर्छ । माटोको माया गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरुको कलिलो दिमागमा हाल्न सक्नुपर्छ ।’ राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ । यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जिम्मेवार निकायहरुले आ–आफ्नो ठाउँमा सही जिम्मेवारी निर्वाह नगर्दा देशको शैक्षिक उपलब्धी खस्कँदो अवस्थामा पुगेको बताए ।

उनले अब एकले अर्कोलाई दोष दिनेभन्दा पनि बिग्रिएको ठाउँबाट सुधारको प्रयास थाल्नुपर्ने बताए । हिसानका अध्यक्ष रमेश सिलवालले तीन वर्षको नतीजालाई तुलनात्मक रुपमा हेर्दा कक्षा १२ को परीक्षाफल राम्रो रहेको बताए । साथै, उनले एकपटक फेल भएको विद्यार्थी पछिल्लो वर्षमा पास हुन धेरै गाह्रो रहेको बताउँदै दुई विषयमा फेल भएका विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने गरी व्यवस्था गर्नुपर्ने बताए ।

एसईईमा फेल भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुने व्यवस्था मिलाइएको विषयतर्फ केन्द्रीत हुँदै उनले अब कक्षा १२ फेल भएका करिब ४७ प्रतिशत विद्यार्थीले पनि सो माग राख्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्