काठमाडौं। सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि आस्मा कुमारी केसीले हात पारेकी छिन्।
शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्डको उपाधि हात पारिन्।
उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ताज लगाइदिइन्।
यस्तै मिस अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनको ताज करूणा रावल बनेकी छिन्।