काठमाडौं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमीहरुसँग छलफल गरेका हुन् ।
ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निणर्य समेत गरेका थिए । पदाधिकारी खेलाडीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ।’