बन्द प्रशिक्षणका लागि २२ सदस्यीय क्रिकेट टोलीको घोषणा

<span class='c1'>बन्द प्रशिक्षणका लागि २२</span> <span class='c2'>सदस्यीय क्रिकेट टोलीको घोषणा</span>

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको प्रशिक्षणका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।

क्यानले आइतबार बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो ।

सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

बन्द प्रशिक्षणका लागि नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्