आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ६ जना पत्रकारलाई सम्मान गर्ने

<span class='c1'>आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले</span> <span class='c2'>६ जना पत्रकारलाई सम्मान गर्ने</span>

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ ।

फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो ।

फोनिज कार्यवाहक (कावा) महासचिव समीर बलामीका अनुसार पुरस्कार छनाेट समितिको सिफारिसअनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । सम्मानित हुनेहरुमा फोनिज राष्ट्रिय सम्मान २०८१ बाट पत्रकार विजयरत्न तुलाधर, पुष्पहरि क्याम्पा राई, थारु साप्ताहिक पत्रिका लौव अग्रासन (दाङ) लाई दिने निर्णय गरिएको छ ।

सोहीअनुसार फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) र खिमा गुरुङ कास्की रहनुभएको छ । सम्मानको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ भने पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र छ ।

आइतबार हुने वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिनुभयो ।

फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मतृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दैआएको छ । फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताउनुभयो । तत्कालीन अनिज तथा हालको फोनिज २०५६ साल साउन २७ गते स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्