अनलाइन ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह प्रकाउ

<span class='c1'>अनलाइन ठगी गर्ने</span> <span class='c2'>अन्तर्राष्ट्रिय गिरोह प्रकाउ</span>

हेटौंडा । हेटौंडामा अनलाइन ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथमा “मेडि असिष्ट” नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो । छापाका क्रममा भारतीय मूलका ९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार , २६ वर्षीय आशिष कब्डौला , ३४ वर्षीय विशाल कक्कड , ३८ वर्षीय लोकेश कुमार दुवे, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन्। यी सबै भारतका विभिन्न राज्यका बासिन्दा हुन्।

छापाका क्रममा प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, १३ थान मोबाइल, हार्ड डिस्क, राउटर लगायतका उपकरणहरू बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्य अनुसार यो गिरोहले गत वर्ष फागुन १० गते हेटौंडा उपमहानगरपालिकामा द्रबिन कुमार सिंहको नाममा “मेडि असिष्ट” कम्पनी दर्ता गरेको थियो । कम्पनीले परामर्श सेवा प्रदान गर्ने उद्देश्य राखेको भए पनि वास्तवमा अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले यस कम्पनीमा १२ जना भारतीय नागरिकहरू कार्यरत रहेको र तीमध्ये ३ जना फरार रहेको उनले जानकारी दिए । अनुसन्धानका क्रममा यो गिरोहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको “द्रुत कल क्लाइन्ट सफ्टवेयर” प्रयोग गरी ठगी गर्ने गरेको खुलेको उपरीक्षक रिजालले बताए । यस सफ्टवेयर मार्फत नेपाली तथा विभिन्न देशका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको उनले बताए ।

प्रहरीले यस घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसुर मानेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्