पेरिस ओलम्पिकमा अमेरिकाको अग्रता कायम

<span class='c1'>पेरिस ओलम्पिकमा अमेरिकाको</span> <span class='c2'>अग्रता कायम</span>

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा अमेरिकाले पदक तालिकाका आफ्नो अग्रता कायम राखेको छ ।

साउन ११ गतेदेखि सुरु भएको ओलम्पिकको १२औँ दिन बुधबारसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ नै काँस्य पदक जित्दै शीर्षस्थान कायम गरेको हो। अमेरिकालाई पछ्याइरहेको चीन दोस्रो स्थानमा छ । चीनले २२ स्वर्ण, २१ रजत र १६ काँस्य पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १४ स्वर्ण १२ रजत र नौ काँस्य जितेको छ । आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काँस्य पदकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, १५ रजत र १९ काँस्य जितेको छ ।

यस्तै दक्षिण कोरिया ११ स्वर्ण, आठ रजत र सात काँस्यसहित छैटौँ, जापान ११ स्वर्ण, ६ रजत र १२ काँस्यसहित सातौँ, इटाली नौ स्वर्ण, १० रजत र सात काँस्यसहित आठौँ, नेदरल्यान्ड्स आठ स्वर्ण, पाँच रजत र ६ काँस्यसहित नवौँ तथा जर्मनी आठ स्वर्ण, पाँच रजत र चार काँस्यसहित शीर्ष १० मा अटाएको छ । बुधबारसम्म ७६ देशले काँस्यसम्म पदक हात पारेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्