नुवाकोट हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

<span class='c1'>नुवाकोट हेलिकप्टर दुर्घटनामा परी</span> <span class='c2'>मृत्यु हुनेको परिचय खुल्यो</span>

काठमाडौँ । नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मृतहरूको शव सङ्कलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ ल्याउने तयारी गरिएको पनि नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्