सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

<span class='c1'>सरकारले गर्यो सचिवहरुको सरुवा</span> <span class='c2'>र सेनाहरुको बढुवा</span>

काठमाडौं । सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।

बुधबार साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय तथा संसोधन मामिला मन्त्रालयको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निणर्य भएको जानकारी दिएका हुन् ।

उनले भने,‘सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय तथा संसोधन मामिला मन्त्रालयको सचिवालको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।’
त्यस्तै नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एकजना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निणर्य पनि उनले जानकारी दिए ।

‘नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निणर्य पनि बैठकले गरेको छ ’उनले भने। श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्