एभरेष्ट महिला भलिबलका लागि टोलीहरू घोषणा

<span class='c1'>एभरेष्ट महिला भलिबलका</span> <span class='c2'>लागि टोलीहरू घोषणा</span>

काठमाडौँ । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागी हुने टिममा लिगको पहिलो सिजनमा टिम काठमाडौँ, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले रहेका छन् । आयोजकका अनुसार हरेक टोलीले १४ खेलाडीमा नौं नेपाली र ती विदेशी राख्न पाउनेछन् । नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

टिम काठमाडौंको प्रबद्र्धकमा शरदकृष्ण टिबरेवाला, टिम ललितपुरको प्रबद्र्धकमा अनुज तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल (कोरसिंक नेपाल) रहेका छन् । टिम मधेसको प्रबद्र्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल रहेका छन् भने टिम गण्डकीको प्रवर्द्धकमा सौरभ केडिया रहेका छन् ।
त्यस्तै टिम चितवनको प्रवर्द्धकमा निम्बस होल्डिङस तथा टिम कर्णालीको प्रबद्धकमा राजेश बगडिया र प्रतीक अधिकारी रहेका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई तीन समूहमा विभाजन गरिनेछ ।

त्यसमध्ये पहिलो समूहमा रहने खेलाडीको मूल्य एक लाख ५० हजार, दोस्रो समूहमा रहने खेलाडीको मूल्य एक लाख र तेस्रो समूहमा रहने खेलाडीको मूल्य ५० हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्