गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
आज छोडेर के फाइदा पहिचान यहाँ
भोलि बेच्नुपर्छ भने स्वाभिमान यहाँ

म काग जसरी कुहिरोमा हराएँ भने
मुस्कुराउछन् बकुल्लाको बथान यहाँ

यो मतलबी दुनियाँ हो यादराख छोरी
गरेर कुनै काम छैन चिनजान यहाँ

कोही सुन्न मान्दैनन् तिम्रा यथार्थहरु
बरू सुन्न तयार छन उखान यहाँ

आमाको काखमा खेल्दैछन् रहरहरु
भर्दैछ बाध्यता खाडीको उडान यहाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्