बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि दिप प्रज्वलन

<span class='c1'>बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको</span> <span class='c2'>शान्तिको लागि दिप प्रज्वलन</span>

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

आज शनिबार माइतीघर मण्डलामा बङ्गलादेशमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका हिन्दूहरूको आत्मा शान्तिको लागि उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको निन्दाको रुपमा कार्यक्रमहरु गर्दै आएको बताए । उनले भने, ‘बङ्गलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघ संस्थाहरुमाथि विशेष रुपमा त्यहाँको हिन्दु मन्दिरहरुलाई लक्षित गरेर मन्दिरहरु भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ । हिजो मात्र बङ्गलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापनपत्र पनि बुझाएका छौ । आजको कार्यक्रम जतिपनि सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौं ।’

उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्