मानवता र धर्तीको रक्षाको सुनिश्चितता आवश्यक : प्रधानमन्त्री ओली

<span class='c1'>मानवता र धर्तीको रक्षाको सुनिश्चितता</span> <span class='c2'>आवश्यक : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानीमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला पदस्थापना समारोहमा उनले अरुलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होईन् । परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ । तपाईहरुले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईहरुको साथमा छु । अर्थात अहिलेको सरकार लायन्सहरुको साथमा छ ।’ उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए । उनले भने, ‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ ।’

यसको साथै, देश राम्रो छ तर मानव र समाज नै विग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाई छ ।
उनले भने, ‘नेपाल विग्रिएको छ, हाम्रै कारणले हो । प्रकृति कति राम्रो छ हेर्नुस् न हाम्रो नेपालमा । यत्ति राम्रो देश संसारमा पाइदैन, त्यस्तो राम्रो छ हाम्रो यो देश । विग्रिएको नेपाली समाज हो । मान्छे मार्नका लागि आज मान्छेले हतियार बनाएको छ । अनेकौं पटक पृथ्वी ध्वस्त हुनेगरि हतियार बनाउन विश्व आज प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले आज मानवताको आवश्यकता छ । आउँदा दिनमा मानवता र धर्तीको रक्षाको सुनिश्चितता हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्