गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन

<span class='c1'>गायक प्रकाश तिमिल्सिनाको ३७</span> <span class='c2'>वर्षको उमेरमा निधन</span>

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ।

उनी शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका थिए।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।

उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।

उनको घर मोरङको लेटाङमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्