विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ : उपमेयर डङ्गोल

<span class='c1'>विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या</span> <span class='c2'>नि उच्च छ : उपमेयर डङ्गोल</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् ।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘विदेशिने युवाहरुको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’ उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरुको लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन् । उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्